२५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

२५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालन

copy udyog

काठमाडौं, १६ बैशाख । नेपालमै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कापी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री यादवले अब जनता, व्यवसायी र सरकारले मिलेर उद्योग चलाउनुपर्ने बताए । ३१ जना व्यावसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता भएको भएपनि यसका लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । कम्प्युटर प्रविधिबाट कापी उद्योग सञ्चालन गरिने भएकोले उद्योगमा दुर्घटना भएर मानवीय क्षति हुने सम्भावना कम रहेको उद्योगका सञ्चालकको भनाई छ ।

हाल नेपालमा वार्षिक रुपमा एक हजार दुई सय करोड रुपैयाँको कापीको माग भएपनि आठ सय करोड रुपैयाँ बराबरको मात्रै उत्पादन हुने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);