दश वर्षमा दश हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने सरकारको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दश वर्षमा दश हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने सरकारको दाबी

bijuli

काठमाडौं, १६ बैशाख । सरकारले अबको दश वर्षमा दश हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने दाबी गरेको छ ।

रसुवामा निमार्णाधीन जलविद्युत उत्पादन केन्द्रको अवलोकनपछि उर्जा जलश्रोत एवं सिंचाई मन्त्री बर्षमान पुनले सरकारले अबको दश वर्षमा दश हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने बताएका हुन् । मन्त्री पुनले जलविद्युत आयोजनाहरुले समयमै काम नगरे दर्ता खारेज गर्ने चेतावनी समेत दिए । रसुवामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण हुँदैछन् ।

न्युनतम ५ मेगावटदेखि २ सय १६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको विद्युत विकास विभागले जनाएको छ । रसुवामा निर्माण हुन लागेको आयोजनाबाट ५ सय ८८ मेगावट विद्युत उत्पादन हुनेछ । आगामी ५ वर्षभित्र सबै आयोजना निर्माण सम्पन्न गरि राष्ट्रिय प्रशारणमा जोड्ने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);