म्याग्दी, ११ बैशाख । जिल्ला अस्पताल म्याग्दीको नयाँ भवन निर्माण सुस्त गतिमा भएको छ । निर्माण सुरु गरेको १५ महिनामा ८ प्रतिशत मात्र काम भएको छ । ठेकेदार कम्पनीको लापरबाहीले भवन निर्माणमा ढिलाई भएको हो ।
महादेव खिम्ती, गल्वा र रफिना जेभी काठमाडौंले २०७३ पुसमा तीन बर्ष भित्र ३ तले भवन बनाइसक्ने सम्झौता गरेको थियो । तर सम्झौता अनुसार निर्माण नगरेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला अस्पतालको सुविधासम्पन्न हस्पिटल नहुँदा उपचारका लागि आउने बिरामी मारमा पर्ने गरेका छन् । १८ करोड ९० लाखको लागतमा बनाउन लागिएको भवन २०७६ मंसिरमा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य छ ।