राजपाको छाता निर्वाचन चिन्हको माग निर्वाचन आयोगद्धारा अस्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन ३०, काठमाडौँ ।

निर्वाचन आयोगले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेको छ ।

 

आइतबार सत्तारुढ दल, राजपा नेपाल र निर्वाचन आयोगका पदाधीकारीबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले मतपत्र छापिसेको भन्दै छाता निर्वाचन चिन्ह दिन नसकिने बताउनुभयो । उहाँले एकिकरण भएका ६ दल मध्ये कुनै एक दलको चुनाव चिन्ह प्रयोग गर्न आग्रह गर्नुभयो ।

 

सत्तारुढ दलका नेताहरुले भने राजपा निर्वाचनमा सहभागिता जनाउने अवस्थामा मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेताहरुले नयाँ मतपत्र छापेर भएपनि राजपालाई छाता चुनाव चिन्ह दिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

 

बैठकमा राजपा नेपालका नेताहरुले भने आफूहरुलाई छाता चुनाव चिन्ह दिन माग गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);