संविधान संशोधन विधेयक पारित हुने राजपाको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३० साउन, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपालले संसदमा विचाराधिन संविधान संशोधन विधेयक पारित हुने दावी गरेको छ ।

 

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा सहभागि हुन तयार भएको राजपा नेपालले संसदको दुई तिहाई बहुमतले संशोधन विधेयक पारित हुने दाबी गरेको हो । राजपा नेपालका नेता जितन्द्र सोनालले मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढने र ३ दिन भित्र दुईतिहाई बहुमतका साथ विधेयक पारित हुने दाबी गर्नुभयो ।

 

उहाँले संविधान संशोधन विधयक पारित गर्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । सर्वोच्च अदालतले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप गर्ने बाटो खोलिदिएको र सरकार आफूहरको माग सम्बोधन गर्न तयार भएपछि निर्वाचनमा सहभागिता जनाउन तयार भएको उहाँको भनाइ थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);