काठमाडौं, ७ बैशाख । ज्यान मार्ने उद्योगसम्बन्धी अभियोगमा पक्राउ परेका प्रदेश सांसद दिपक मनाङेलाई हातहतियार तथा खरखजना मुद्दामा जेलमा रहेका गणेश लामा बसेकै जेल चलान गरिएको छ । मनाङेलाई काठमाडौं जिल्ला अदालतले लामा बसिरहेको डिल्लीबजार कारागार चलान गरेको हो ।
लामा एक सातादेखि डिल्लिबजार कराागारमै छन् । दुवै जना केही वर्ष एउटै समूहमा थिए । २०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा मनाङेलाई ५ वर्ष कैद सजाय भएको थियो । जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ ।
यसअघि मनाङे र लामाले डिल्लीबजार जेलमै केही समय विताएका थिए । मनाङे गत प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचत भएका थिए । सपथ खान नपाउँदै पुरानो मुद्दा ब्युँतिएपछि मनाङे फरार थिए । उनी बिहीबार स्वयम्भुबाट पक्राउ परेका हुन ।