एमाले-माओवादी एकता अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एमाले-माओवादी एकता अनिश्चित

oli prachanda

काठमाडौं, ७ बैशाख । पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ ।

दुई अध्यक्षबीच भएको वार्ताले सार्थक मोड लिन नसकेपछि अध्यक्षबीच वान टु वान वार्ता समेत अनिश्चित भएपछि पार्टी एकता हुने नहुनेमा आशंका पैदा भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

ती नेताले भने,

हामी हदै लचिलो भएका थियौं । तर, एमालेले आफ्नो अहम् र घमण्ड देखाएपछि पार्टी अध्यक्ष निरास भएर वार्ताबाट फर्किनुभएको हो । माओवादीले बराबरको हैसियत खोजेपछि वार्ता अनिश्चित बनेको एमालेका एक नेताले बताए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);