धनगढीमा रात्रीकालिन फुटबल पेनाल्टी सुटआउटको क्रेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनगढीमा रात्रीकालिन फुटबल पेनाल्टी सुटआउटको क्रेज

penalty shootout

पाण्डव पुजारा
कैलाली, ६ बैशाख । प्रदेश नम्बर ७ को धनगढीमा रात्रीकालिन फुटबल पेनाल्टी सुटआउटको क्रेज बढेको छ । पेलान्टी सुटआउट प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीले समेत सहभागिता जनाउने गरेका छन् ।प्रतियोगिताले शारीरिक मानसिक र आर्थिक पक्षमा सुधार आएको खेलाडीहरुको भनाई छ ।

कैलालीको धनगढीमा २०६९ सालबाट रात्रिकालीन फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता सुरु भएको हो । पछिल्लो समय पेनाल्टी सुटआउट प्रतियोगिताको क्रेज बढ्दै गएको छ । नयाँ बर्ष २०७५को अवसरमा पनि सुटआउट प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन खेलाडी र दर्शकको घुइचो लाग्ने गरेको छ । प्रतियोगितामा पुराना तथा नयाँ खेलाडीको जमघट समेत हुने गरेको छ । फुटबलको विकासका लागि प्रतियोगिता फलदायी हुने खेलाडीहरुको विश्वास छ ।

फुटबल पेनाल्टी सुटआउटको क्रेज बढेकाले बर्सेनी प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । यो बर्ष प्रतियोगितामा ३२ टीमले सहभागिता जनाएका थिए । विजेता टीमले एक लाख र उपविजेताले ५० हजार रुपैंया पुरस्कार पाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);