ला लिगा : एथ्लेटिको मड्रिडविरुद्ध रियल सोसिडाड ३–० ले विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

ला लिगा : एथ्लेटिको मड्रिडविरुद्ध रियल सोसिडाड ३–० ले विजयी

real sociedad

एजेन्सी , ७ बैशाख । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना उपाधिको नजिक पुगेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएसँगै बार्सिलोना उपाधिको नजिक पुगेको हो ।

लिगमा पाँच चरणका खेल बाँकी रहँदा बार्सिलोनालाई उपाधि जित्न अब एक खेलमा जित हासिल गरे पुग्छ । बार्सिलोनालाई पछ्याउँदै आएको एथ्लेटिको मड्रिड गएराति भएको खेलमा ११ औं स्थानको रियल सोसिडाडसँग ३–० ले पराजित भएको छ ।

एथ्लेटिको मड्रिडलाई स्तब्ध तुल्याउने क्रममा रियल सोसिडाडले पहिलो हाफमा एक तथा अन्तिम १२ मिनेटमा दुई गोल गर्‍यो । पराजयसँगै एथ्लेटिको मड्रिड बार्सिलोनाभन्दा १२ अंकले पछाडि परेको छ । एथ्लेटिको मड्रिड तेस्रो स्थानको रियल मड्रिडभन्दा ३ अंकले अगाडि छ ।

ला लिगामा गएराति नै भएका अन्य खेलमा रियल बेटिसले लस पालमसलाई तथा लेभान्टेले मालागालाई समान १–० ले पराजित गरेका छन् भने जिरोनाले अलाभेसमाथि २–१ को जित दर्ता गरेको छ ।

ताजा समाचार