साउन २९ , काठमाण्डौँ । वाणिज्यमन्त्री मीन विश्वकर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।
भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले लगातार वर्षाका तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेकाले सरकारले सोचेजस्तो विपद् व्यवस्थापन गर्न नसकेको स्वीकार्नुभयो ।
कोसी ब्यारेजका केही ढोका खोल्न सरकारले कूटनीतिक पहल गरेको जानकारी गराउँदै उहाँले सबै ढोका खुल्दा भारतको बिहार डुब्ने र नखोल्दा नेपाल डुब्ने भएकाले विपद्का बेला सोचेरमात्र काम गर्नुपर्ने उहाँको भनाइ छ ।