काठमाडौं, ६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा आजबाट सुरु भएको छ । शुक्रबारसम्म चल्ने साधारणसभाले नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको नयाँ विधानलाई संसोधन गरी पारित गर्ने अपेक्षा गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आन्तरिक विवाद समाधान भएको भन्दै निलम्बन फुकुवाका लागि आईसीसीलाई आग्रह गरे । क्यानका अध्यक्ष चुतरबहादुर चन्द नेपाली क्रिकेटमाथिको निलम्बन हटाउन हदैसम्म लचिलो हुन तयार रहेको बताए ।
क्यानको साधारणसभाले सहमति बमोजिम विधान पारित गरे आईसीसीले आगामी जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ ।