काठमाडौं, ५ बैशाख । सरकारले देशभर पाँच वर्ष मुनिका बालबालिकालाई विहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूले उक्त अभियानलाई सक्रियताका साथ सहयोग गरिरहेका पनि छन् । तर कतिपय अभिभावकमा भिटामिन ए नखुवाए के नै हुन्छ ? र भन्ने सोच छ । भिटामिन ए नखुवाउँदा हुने बेफाइदा बारे नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरको भनाई यस्तो छ ।
बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउने
—रतन्धो रोगबाट जोगिन ।
—श्वासप्रश्वास सम्बन्धी समस्यामा राहत पाउन ।
—आँखा तेजिलो बनाउँन ।
—छाला सम्बन्धी रोगमा राहत पाउन ।
—रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न ।
—भिटामिन ‘ए’युक्त साग, सब्जी, फलफूल पर्याप्त मात्रामा खानुपर्छ ।
स्वास्थ्यसम्बन्धी संदेश
भिटामिन ‘ए’नखुवाउँदा के हुन्छ
—बालबालिकाको वृद्धि विकासमा समस्या हुन्छ ।
—रतन्धो रोग लाग्ने खतरा बढी हुन्छ ।
—रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर जान्छ ।
—आँखाको ज्योति कमजोर हुन्छ ।
डा. सुनिलराजा मानन्धर, नवजात शिशु तथा बालरोग विशेषज्ञ,