निजी विद्यालयको शुल्क घटाउन विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निजी विद्यालयको शुल्क घटाउन विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम

student sangathan

काठमाडौं, ३ बैशाख । प्रमुख राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले निजी विद्यालयको शुल्क घटाउनका लागि दबाबस्वरुप ७२ घण्टे अल्टिमेटम दिएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठनहरुको आज बसेको बैठकले शुल्क घटाउनका लागि ७२ घण्टे अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले शुल्क घटाउनका लागि सरकारको ध्यानाकर्षणस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । आफूहरुको मागलाई बेवास्ता गरी निजी विद्यालयलाई जथाभावीरुपमा शुल्क उठाउने छुट दिइरहे सरकारलाई असहयोग गर्ने कार्यक्रम ल्याउने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताए ।

निजी विद्यालयहरुले भर्नाका नाममा ७५ हजार सम्म शुल्क उठाएका छन् भने मासिक शुल्क पनि जथाभावीरुपमा बढाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);