निर्वाचनको हारबारे कांग्रेस शीर्ष नेता अझै आरोप–प्रत्यारोपमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

निर्वाचनको हारबारे कांग्रेस शीर्ष नेता अझै आरोप–प्रत्यारोपमा

काठमाडौं, २ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न नेता रामचन्द्र पौडेल पक्षले नै नदिएको आरोप लगाएका छन् ।

सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेलाई निष्काशन नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको बताएका छन् । निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको सभापति देउवाको दाबी छ ।

आईतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीविहरुको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको स्मरण गरे ।

सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई चुनौतीको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न पनि आग्रह गरे । उनले पार्टी भित्र आईपरेको चुनौति सामना गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् कार्यक्रममा कांग्रेस नेता पौडेलले पार्टीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए । महामन्त्री कोइरालाले गुटगत गतिविधि हुन नदिन पार्टीको सिंगो पंक्ति सचेत हुनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);