उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाई अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु’ | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाई अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु’

काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ ।  उम्मेद्वारी दर्तापछि बिहीबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताउनुभयो । उहाँले देशको लागि आफूले सकेको सबै गर्ने बताउनुभयो । उहाँले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पुर्याएको पनि उल्लेख गर्नुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको उहाँको भनाइ छ । उहाँले मधेशको छोरीलाई अगाडि बढाउन उहाँहरुले सहयोग गरेको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडि बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला । म अध्यक्ष ज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथिसम्म पुर्याउनुभयो । मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागि । मलाई खुशी लागिरहेको छ, मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छु, सधैँ साथ दिन्छु ।’

ठाकुरले रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Leave a Reply