निर्वाचनलाई मतदातामैत्री बनाउन आवश्यक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ३० चैत । निर्वाचन आयोगले आम मतदाता मतदान गर्नबाट बञ्चित नहोस् भन्नेमा सचेत रहेको स्पष्ट पारेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनमा आम मतदातालाई मतदान गराउने व्यवस्था गर्न मतदाता नामावली संकलन, उजुरी र त्यसलाई सच्याउने प्रावधानसहितको कानुनी व्यवस्था समेत गरिएको पनि स्मरण गराए ।

शुक्रबार आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)द्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई मतदातामैत्री बनाउन आवश्यक कानुनी व्यवस्था हुनुपर्ने बताए ।

निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार नभएकै कारण असार १४ र मंसीर २१ गते प्रतिकूल समयमा पनि निर्वाचन गर्न बाध्य हुनुपरेको निर्वाचन आयुक्त दाहालको भनाई छ । निर्वाचन आयुक्त दाहालले निर्वाचन आचारसंहिता पालना गराउन पनि निर्वाचन आयोगले सक्दो सावधानी अपनाएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);