चितवनको बाँदरमुढे घटना ठूलो गल्ती : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

चितवनको बाँदरमुढे घटना ठूलो गल्ती : प्रचण्ड

prachanda-1

चितवन, ३० चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शसस्त्र द्वन्दको समयमा चितवनको बाँदरमुढे घटनामा ठूलो गल्ती भएको स्वीकार गरेका छन् । चितवनको माडीमा बाँदरमुढे घटनाका पीडितसँग अध्यक्ष दाहालले द्वन्दको समयमा बाँदरमुढे घटनामा ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।

अध्यक्ष दाहालले अहिले वामपन्थीको सरकार बनेकाले बाँदरमुढे घटनाका पीडिहरुतका माग पूरा गर्ने प्रतिबद्धता जनाए । आगामी नयाँ बजेटमै बाँदरमुढे घटनाका पीडितहरुको माग सम्बोधन गर्ने आश्वासन दिँदै अध्यक्ष दाहालले द्धन्द पीडितहरुलाई परिचयपत्र वितरण गर्ने बताए ।

२०६२ सालमा तत्कालिन माओवादीको विद्युतीय धरापमा बस पर्दा ३८ जनाको मृत्यु हुनुकासाथै ७२ जना घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);