महासमिति बैठक जेठमा: गच्छदारको हैसियत पौडेल बराबर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महासमिति बैठक जेठमा: गच्छदारको हैसियत पौडेल बराबर

deuwa paudel gachedar

काठमाडौं, २९ चैत । पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति बैठक जेठ दोस्रो साता बोलाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ । जारी केन्द्रीय समिति बैठकले मितिको टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘जेठको दोस्रो साता महासमिति बैठक बोलाउने तयारीमा हामी छौँ, बैठकको मिति जारी केन्द्रीय समिति बैठकले टुंग्याउँछ,’ शर्माले भने । कांग्रेसमा महासममिति बैठक पार्टी विधान संशोधन गर्न सक्ने एक मात्र निकाय हो ।

मुलुक संघीयतामा गएर निर्वाचन भई सरकार र संसद्ले कार्य थाल्दासम्म कांग्रेसले प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्नेबाहेक कुनै निकाय बनाउन सकेको छैन । त्यस्तै, क्षेत्रीय समिति २ सय ४० बाट १ सय ६५ बनाउन, स्थानीय तहमा भएका एकाइ समायोजन गरी ७ सय ५३ बनाउन र पार्टीको प्रदेश संरचना कस्तो बनाउने भन्ने तय गर्न पनि महासमिति बैठक आवश्यक देखिएको छ । विधान संशोधनका लागि मस्यौदा समिति गठन पनि जारी केन्द्रीय समितिले गठन गर्नेछ । नयाँ संविधानअनुसार पार्टी संगठनलाई ढाल्ने गरी विधान संशोधनको मस्यौदा समितिले तयार गर्ने र त्यसलाई महासमितिबाट पारित गराउने कांग्रेस संस्थापनको तयारी छ ।

गच्छदारको हैसियत पौडेल बराबर
विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो । कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ । देउवाले पौडेल र गच्छदारलाई उक्त हैसियत दिने तयारी गरेका हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);