साउन २८ , काठमाण्डौँ । भारतको गोरखपुरस्थित एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु भएको छ ।
गोरखपुरको बिआरडी मेडिकल कलेजमा अक्सिजनको आपूर्ति बन्द हुँदा त्यहाँ उपचाररत ३० बालिबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रामक भएको दाबी गरेको छ ।
उत्तर प्रदेश सरकारले ट्वीटमार्फत बिआरडी मेडिकल कलेजमा अक्सिजनका अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ