धनगढी, २५ चैत । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडले अंक बाँडेका छन् । आइतबार बिहान हुने भनिएको खेल बर्षाले पीच भिजेका कारण स्थगित भएपछि अंक बाँडिएको हो ।
यो सँगै पाँच खेलबाट ६ अंककासाथ महेन्द्रनगर युनाइटेड प्लेअफमा प्रवेश गरेको छ । यसअघि शनिबार वर्षाले प्रभावित खेलमा रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो ।
लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो ।