कृषिलाई मुख्य आधार मानेर निती तथा कार्यक्रम बनाउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

कृषिलाई मुख्य आधार मानेर निती तथा कार्यक्रम बनाउन सुझाव

lalbabu raut

अनुप तिवारी
पर्सा, २२ चैत । प्रदेश नम्बर २ का उद्योगी व्यवसायीले कृषिलाई मुख्य आधार मानेर निती तथा कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । व्यवसायीले प्रदेश २ लाई कृषि उत्पादनको विषेश क्षेत्र घोषण गर्न पनि माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रम तर्जुमा तथा परिमार्जन सम्बन्धी सुझाव संकलन कार्यक्रममा व्यवसायीहरुले कृषिलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

व्यवसायीले प्रदेश दुईलाई कृषी उत्पादनको विषेश क्षेत्र घोषणा गर्न माग गरेका छन् । नेपालको ७० प्रतिशत उद्योग प्रदेश २ मा रहेको र कृषिको उर्भर भूमि भएकाले विशेष क्षेत्र घोषणा गर्न माग गरेका हुन् । भारत तथा तेस्रो मुलुकसँग व्यापरका लागि प्रदेश २ नजिक रहेकाले ट्रान्जिट प्वाइन्टको रुपमा विकास गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी व्यवसायीहरुबाट आएको सुझावलाई समावेश गरेर नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका छन् ।प्रदेश २ मा राष्ट्रिय गौंरवका आयोजा अन्तर्गतका दुर्तमार्ग, निजगढ अन्तराष्ट्रिय विमास्थल लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । बिना अवरोध आयोजनाहरु बनाउन व्यवसायीले प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);