पुराना सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको सुझाव | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

पुराना सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको सुझाव

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

oli dahal

काठमाडौं, २१ चैत । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

माओवादी केन्द्रको बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा नयाँ सम्झौता गर्नुभन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको हो । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सांसदहरुलाई जानकारी गराउँदै यसलाई सद्भाव भ्रमणको रुपमा लिनुपर्ने  बताएका नेता दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा एमालेसँग पार्टी एकतापछि टुंग्याउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको छ । बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति छिट्टै टुंगो लगाउने बताएका थिए ।