अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा सांघातीक आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा सांघातीक आक्रमण

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा सांघातीक आक्रमण भएको छ ।

youtube office

काठमाडौं, २१ चैत । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा सांघातीक आक्रमण भएको छ ।

युट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । आक्रमणकारी महिलाले आक्रमणपछि आफैलाई गोलीहानी आत्महत्या गरेको बीबीसीले जनाएको छ । अमेरिकी सीबीसीएस न्यूजले गोली लागी घाइते भएका एक व्यक्ति आक्रमणकारी महिलाको प्रेमी भएको जनाएको छ । महिलाले गोली चलाउनुको कारण भने खुलेको छैन् ।

प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै केही समयकालागि काार्यालय बन्द गरिएको बताएका छन् । यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);