शुक्र ग्रहमा जीवनको सम्भावनाको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शुक्र ग्रहमा जीवनको सम्भावनाको खोजी

एजेन्सी, २० चैत । वैज्ञानिकहरुले सौर्य मण्डलको सबैभन्दा चम्किलो ग्रह शुक्रमा एलिएन हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनमा शुक्र ग्रहमा २ अर्ब बर्ष पहिले देखि पानी रहेको दाबी गरिएको छ । पानीकै कारण मानिस बस्न योग्य वातावरण रहेको दाबी गर्दै वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवनको सम्भावनाको खोजीमा जुटेका छन् ।

सौर्य मण्डल र ग्रहहरुका बारेमा जति खोज गरिए पनि थोरै हुन्छ । सबैभन्दा खर्चिलो र सुक्ष्म अध्ययन गर्नुपर्ने हँुदा वैज्ञानिकहरु समय लगाएर ग्रहहरुको अध्ययनमा जुटेका छन् । पछिल्लो समय वैज्ञानीकहरु अन्य ग्रहहरुमा पनि मानव जीवनको सम्भावनाको खोजीमा छन् ।

यसैबीच अमेरिकी वैैज्ञानिकहरुले शुक्र ग्रहमा सुक्ष्म जीवजन्तुको प्रजाति बिकसित भएको अनुमान गरेका छन् । शुक्र ग्रहको वातावरण बसोबास गर्न योग्य रहेको बताउने वैज्ञानिहरुकहरुले अम्लीय वातावरणमा जीवन सम्भव हुने दाबी गरेका छन् ।

क्यालिफोर्निया स्टेट पोलिटेक्निकका प्रोफेसर राकेश मुगुल पृथ्बी माथि बिपरित पस्थितिमा पनि जीवजन्तु बाँच्न सक्ने बताउँछन । उनका अनुसार सुक्ष्म जीव कार्वनडाइअक्साइड ग्रहण गरेर सल्फ्यूरिक एसिड उत्पन्न गर्दछ ।

ठीक त्यसैगरी शुक्र ग्रहको बादल र अम्लीय वातावरणमा कार्बनडाइ अक्साइडसँगै सलफ्यूरिक एसिड पानीको थोपा झै बिद्यमान रहेको जनाइएको छ । सोधमा संलग्न अन्य वैज्ञानिकहरुले पनि ब्रम्हाण्डको बिभिन्न स्थानमा एलिएन हुन सक्ने सम्भावना ब्यक्त गरेका छन् ।

एकथरी वैज्ञानिकले सन् १९६२ र १९७८ का बीच शुक्र ग्रहका बारेमा गरिएको अध्ययनमा त्यहाँको तापमान ४ सय ५० डिग्री सेल्सियसभन्दा माथि रहेको जनाएको थियो । यस्तो अवस्थामा जीवनको विकास असंभव हुने बताइएको छ ।

तर, बायूमण्डलकोबीचको हिस्सा अर्थात ४० देखी ६० किलोमिटरको उचाइकाबीच सुक्ष्म जीव उत्पन्न हुन सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । पछिल्लो अनुसन्धानले शुक्र ग्रहको बादलमा सल्फ्यूरिक एसिड र प्रकाश सोस्ने कण पाइएकाले त्यहाँ जीवजन्तु पाउनसक्ने सम्भावना वैैज्ञानिकहरुले ब्यक्त गरेका छन् ।

यसका लागि बादलको नमूना संकलन गरी जाँच्ने र शुक्र ग्रहसँग जोडिएका तथ्यहरु पत्ता लगाउन वैैज्ञानिकहरु बिभिन्न प्रकारका अध्ययनमा संलग्न भइ नयाँ–नयाँ रहस्य उजागर गर्नेतर्फ अग्रसर भैरहँदा आगामी दिनमा शुक्र ग्रहको थप रहस्य खुल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);