बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठक शुरु

२६ साउन, काठमाडौं । बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठक साँझ  सुरु भएको छ । बैठकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । बैठक दुई दिनसम्म चल्ने छ ।
यस अघि मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा तयारीको लागि बैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक बसेको थियो ।
बैठकमा बिमस्टेकको १४औं बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ बिषयमा छलफल गरि एजेन्डा तयार गर्ने छ  ।
जारी बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मार र श्रीलंकाका बैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी छन् ।बिम्स्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);