बिमस्टेक बैठक सकिंदै, नेपालद्धारा पर्वतीय अर्थतन्त्रको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २७, काठमाण्डौं ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १५ औं बैठकमा नेपालले पर्वतीय अर्थतन्त्रको प्रस्ताव गरेको छ ।

 

नेपालले विहीबार काठमाडौंमा सुरु भएको मन्त्रीस्तरीय बैठकमा पर्वतीय अर्थतन्त्रको प्रस्ताव गरेको हो । बैठकको उद्घाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक सदस्य मुलुकहरुले विकास, प्रतिआतंकवाद र जलवायु परिवर्तनका क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सदस्य मुलुकहरुबीच आर्थिक तथा प्राविधिक सहयोग र आपसी हितका विषयमा साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

बैठकमा नेपालसहित सदस्य राष्ट्रहरु भारत, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री सहभागि छन् । आज सकिने बैठक ब्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायत, पर्यटन, सञ्चार, उर्जा लगायतका बिषयमा केन्द्रीत छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);