प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुश्मा स्वराजबीच आज भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री स्वराज बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज काठमाडौं आएकी छन् । भेटवार्तामा नेपालको समसामयिक राजनीतिक घटनाक्रम र प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका बारेमा छलफल भएको छ ।

 

१५औं मन्त्रीस्तरीय बैठक आज साँझ सोल्टी होटलमा बस्दै छ । बैठक दुई दिनसम्म चल्ले छ । बैठकको उद्घाटन  प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

 

बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, थाइल्याण्ड, म्यान्मार र श्रीलंका सदस्य रहेका छन् । बिम्स्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);