बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक आज काठमाडौंमा सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साउन २६, काठमाण्डौं ।

काठमाडौको सोल्टी होटलमा आज र भोलि हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन आज साँझ प्रधानमन्त्री शेरबहादुर देउबाले उद्घाटन गर्नु हुनेछ । मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा तयारीको लागि बैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) अहिले जारी छ । बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकर दास बैरागीले गर्नु भएको छ ।

 

बैठकमा बिम्स्टेकको १४औं बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ बिषयमा छलफल गरि एजेन्डा तयार गर्ने छ । जारी बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मार र श्रीलंकाका बैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

 

बिम्स्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात संजाल,जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ । मन्त्रिस्तरिय बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी आज अपरान्ह काठमाडौँ आइपुग्ने कार्यक्रम छ । थाइल्याण्ड र म्यान्मारबाट भने उपविदेश मन्त्रीको सहभागिता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ देखि नेपालले गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);