धनुषा, १७ चैत । आगामी बैशाखमा धनुषाको जनकपुरमा दिपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको लागि अहिले मैदानको मर्मत गर्ने काम भइरहेकोे प्रतियोगिताका संयोजक सरोज मिश्रले जानकारी दिए । प्रतियोगिता संचालनको लागि ५० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता बैशाख १५ गतेसम्म संचालन हुने छ ।