डीपीएलमा काठमाडौं गोल्डेन्सको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

डीपीएलमा काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

काठमाडौं, १७ चैत । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा घरेलु टोली टिम चौराहलाई ७ विकेटले पराजित गर्दै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले बिजयी सुरुवात गरेको छ ।

धनगढीस्थित अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहले दिएको १ सय ४६ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौं गोल्डेन्सको जितमा अमित श्रेष्ठले अविजित ८१ तथा नरेश बुढाएरले अविजित २४ रन जोडे । त्यस्तै भारतीय खेलाडी जयकिसन कोल्सावालाले १६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए ।

टिम चौराहका सम्सद शेखले २ तथा सुनील धमलाले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिम चौराहले पुरै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो । टिम चौराहको लागि सुनील धमलाले ६८ तथा शंकर रानाले ३६ रन जोडे ।

त्यस्तै कप्तान सोमपाल कामी सुन्य रनमा आउट हुँदा राजु रिजालले अविजित ११ र भारतीय खेलाडी पुनित मेहेराले ९ रन बनाए ।

काठमाडौं गोल्डेन्सका शाहब आलमले ह्याट्रिक विकेट लिए । आलम डीपीएलको दोस्रो संस्करणमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीसमेत बने ।

जितसँगै काठमाडौं गोल्डेन्सले लिगमा २ अंक जोडेको छ । अब काठमाडौं गोल्डेन्सले दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्ससँग खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);