डडेल्धुरामा सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुरामा सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध

डडेल्धुरा, १७ चैत । डडेल्धुरामा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई प्रहरीले जरिवाना लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना लिन सुरु गरेको हो ।

सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गर्न भनेपछि प्रहरीले जरिवाना लिन थालेक ो हो । अमरगढी नगरपालिकाबाट प्रहरीले १ सय ११ जनालाई जरिवाना तिराएको छ ।

प्रहरीले जरिवाना वापत ११ हजार राजश्व संकलन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए । प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रणका लागि पनि जनचेताना मूलक कार्यक्रम संचालन गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);