माधवकुमार नेपालद्दारा भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न प्रधानमन्त्री ओलीलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माधवकुमार नेपालद्दारा भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न प्रधानमन्त्री ओलीलाई सुझाव

नेकपा एमालेका नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

madhav kumar nepal

काठमाडौं, १६ चैत । नेकपा एमालेका नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

एमाले नेता नेपालले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरुका भाषणले भ्रष्टाचार नियन्त्रण नहुने भन्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित भ्रष्टाचारमा संलग्नमाथि एक एक गरेर कारवाही थाल्न सुझाव दिए । उनले राज्यका सबैजसो निकायमा भ्रष्टाचार व्याप्त रहेकाले आम जनताले प्रधानमन्त्री र मन्त्रीहरुबाट भाषणभन्दा काम चाहेको बताए ।

एमाले नेता नेपालले भ्रष्टाचार मौलाएकै कारण विकास निर्माणका काममा राज्यको लगानी बालुवामा पानी हालेजस्तो भएको बताए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले विकास निर्माणका कामको गुणस्तरमा सरकारले सम्झौता नगर्ने बताए । उनले गुणस्तरमा लापर्बाही गर्ने ठेकेदार र कर्मचारीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सार्वजनिक यातायातको क्षेत्रमा दादागिरी देखाएर सिन्डिकेट खडा गर्न खोज्ने व्यावसायीलाई कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि जनाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);