पर्यटनमन्त्री अधिकारीद्वारा १८ बुँदे कार्ययोजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

पर्यटनमन्त्री अधिकारीद्वारा १८ बुँदे कार्ययोजना सार्वजनिक

पर्यटनमन्त्री रविन्द्र अधिकारीले सय दिने कार्ययोजना सार्वजनिक गरेका छन् ।

rabindra adhikari

काठमाडौं, १६ चैत । पर्यटनमन्त्री रविन्द्र अधिकारीले सय दिने कार्ययोजना सार्वजनिक गरेका छन् ।

पर्यटनमन्त्री अधिकारीले जिम्मेवारी सम्हालेको दुई सातापछि आज काठमाडौंमा पत्रकार सम्मेलन गरी १८ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गराइ निर्माणको मोडालिटी टुंगो लगाउने बताए ।

उनले कोरियन कम्पनीले बनाएको डीपीआरको दायित्व व्यवस्थापन गर्ने पनि बताए । निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि काममा खासै प्रगति हुन सकेको छैन । मन्त्री अधिकारीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै विमानस्थल दैनिक कम्तिमा २१ घण्टा सञ्चालन गर्ने घोषणा गरे । उनले विमानस्थलमा यात्रुहरुको सुविधाका लागि एसी सञ्चालनमा ल्याउने र यात्रुहरुले एक घण्टामा लगेज पाउने व्यवस्था गर्ने बताए ।

मन्त्री अधिकारीले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्बन्धमा देखिएको विवाद समाधान गरी निर्माण कार्य सुरु गर्ने, भुकम्पपछि बन्द रहेको हनुमानढोका दरबार संग्रहालय अस्थायी संरचना र्मिाण गरी सर्वसाधारणका लागि खुला गर्ने लगायतका विषय कार्ययोजनामा समावेश छन् । कार्ययोजनामा पर्यटन क्षेत्रको विकासका लागि थिंक ट्यांक समूह बनाउने, क्यासिनो सम्बन्धीकानून बनाउने काम सुरु गर्ने र नेपाल वायुसेवा निगमका लागि ६ वटा ट्वीनअटर विमान खरिदको प्रक्रिया अगाडि लगाउने विषय पनि १८ बुँदे कार्ययोजनामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);