मिलापत्रले घट्यो म्यानपावरविरुद्धको उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मिलापत्रले घट्यो म्यानपावरविरुद्धको उजुरी

baidesik rojgar

काठमाडौ, १३ चैत । वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्ध उजुरी दर्ता प्रक्रियामा नलागी मेलमिलापमै टुंग्याउन थालेका छन् । विभागले मेलमिलाप गर्न जोड दिएका कारण उजुरीको संख्या घटेको हो । विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेले दुई वर्षअघि म्यानपावर कम्पनीविरुद्धको उजुरी मिलापत्र गराउने परिपाटीको थालनी गरेका थिए ।

त्यसअघि सबैजसो उजुरी विभागको मुद्दा शाखामा दर्ता गराएर प्रक्रिया अघि बढाउने गरिएको थियो । मुद्दाको प्रक्रियामा जाँदा समय र पैसा बढी खर्च हुने भएकाले मिलापत्रको अभ्यास चलिरहेको विभागका एक कर्मचारीले बताए । तर, मुद्दा मिलापत्रमा टुंग्याएवापत कर्मचारीले म्यानपावर व्यवसायीहरूबाट आर्थिक लाभ लिने गरेको स्रोतको दाबी छ ।

तत्कालीन महानिर्देशक पाण्डे घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेपछि हाल विशेष अदालतको तारेखमा छन् । आर्थिक वर्ष ०७१\७२ सम्म बढ्दै गएको उजुरी त्यसयता स्वात्तै घटेको छ । सो वर्ष म्यानपावरविरुद्ध तीन हजार ६३ उजुरी परेको थियो तर गत आर्थिक वर्षमा एक हजार एक सय ५८ उजुरी मात्रै दर्ता भएका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);