काठमाडौं, १२ चैत । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘२९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी’ मा करिव ४ करोडको कारोबार भएको छ ।
प्रर्दशनीको अन्तिम दिन सोमबारसम्म करिव ४ करोड बराबरको आर्थिक कारोबार भएको नेपाल घरेलु तथा साना उद्योग विकास समितिकी उपनिर्देशक विमला धितालले जानकारी दिइन् ।
प्रर्दशनीमा ३ लाख ७५ हजार भन्दा बढिले अवलोकन गरेका छन् । वर्षैपिच्छे प्रदर्शनीमा अवलोकनकर्ताहरुको संख्या बढ्ने गरेको बताइएको छ । नेपाल सरकार, घरेलु तथा साना उद्योग विकास समितिको आह्वानमा आयोजना गरिएको ५ दिने प्रर्दशनीमा स्वदेशी बस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
प्रर्दशनीमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान पनि गरिएको थियो । नेपालका हरेक वर्ष राष्ट्रिय औद्योगिक बस्तु तथा औद्योगिक प्रर्दशनी हुँदै आएको छ ।