घट्दो बजारमा 'सर्किट ब्रेकर' - लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

घट्दो बजारमा ‘सर्किट ब्रेकर’ – लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

काठमाडौं, १३ चैत । सेयर बजार उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लगाएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो ।

विहान ११ बजे कारोवार सुरु भएदेखि नै नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाउन परेको थियो ।

सर्किट ब्रेकर लगाएपछि सेयर करोवार १५ मिनेट बन्द भएको थियो । त्यसपछि ११ बजेर ५५ मिनेटमा कारोवार सुरु भएको थियो । त्यसक्रममा नेप्से केही अंक बढे पनि टिक्न सकेन र पुनः ओरालो लाग्यो ।

अर्थमन्त्री युवराज खतिवडाले आईतबार विराटनगरमा सेयर बजार घट्नु स्वभाविक प्रक्रिया भएको अभिब्यक्ति दिएपनि त्यसै कारण बजार घट्न पुगेको लगानीकर्ताको भनाई छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);