काठमाडौं, ९ चैत । तराईका केही जिल्लामा आज ‘चैती छठ’ मनाईंएको छ । छठको पहिलो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिईएर ‘चैती छठ’ मनाईएको हो । भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुनेछ ।
चार दिवसीय छठ पर्वमा पहिलो दिन वर्तालुहरुले नुहाएर खाने, दोस्रो दिन खरना अर्थात दिनभर उपवास गरेर साँझ खीर तथा फलफूल खाने, तेस्रो दिन उपवास सँगै साँझको अघ्र्य र चौथो दिन विहान सूर्यलाई अघर्य दिने गर्छन् ।
हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिईएको छ । चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजाअर्चना हुने गर्दछ भने सूर्यलाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ ।
आज चैती छठको अवसरमा तराईका विभिन्न पोखरीहरुलाई सिंगारिएको छ । खासगरी जनकपुरको ऐतिहासिक गंगासागरमा छठको रौनक देखिएको छ ।