बाजुरा, ६ चैत । बाजुरामा मादक पदार्थ सेवन र उत्पादनमा रोक लगाइने भएको छ । पछिल्लो समय मादक पदार्थ सेवन गर्नेको संख्या बढेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मादक पदार्थ सेवन र उत्पादनमा रोक लगाउन लागेको हो ।
मदिरा सेवनका कारण अपराध बढेकाले घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले फागुन अन्तिमसातादेखि चैतको पहिलो सातासम्म ३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।