अमेरिकाले ताइवानसँगको नीतिमा परिवर्तन गरेपछि चीन असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकाले ताइवानसँगको नीतिमा परिवर्तन गरेपछि चीन असन्तुष्ट

अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ ।

donald trump

एजेन्सी, ४ चैत । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गरेपछि चीन असन्तुष्ट भएको हो । अमेरिकी निर्णयले उसँगको आफ्नो कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि ब्यक्त गरेको हो । चिनीयाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकार सम्मेलन गरी अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेको भन्दै आपत्ति जनाए ।

अमेरिकाले चीनलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको थियो । तर ताइवान यात्रासम्बन्धी कानुनमा हस्ताक्षरपछि अमेरिका र ताइवानबीच हतियार कारोबार हुने निश्चित प्रायः भएको भन्दै रुष्ट भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);