चौथो पटक राष्ट्रपति बन्दै 'भ्लादिमिर पुटिन' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चौथो पटक राष्ट्रपति बन्दै ‘भ्लादिमिर पुटिन’

Vladimir Putin

एजेन्सी , ४ चैत । रुसमा आइतवार भएको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिनले जीत्ने सम्भावना छ । राष्ट्रपति निर्वाचनमा पुटिनको बिरुद्ध ८ जना उम्मेदवार मैदानमा छन । जसमध्ये करोडपति कम्युनिष्ट नेता पावेल ग्रुडिनिन र पूर्व टीभि होष्ट क्नेसिया सोबचाक पनि रहेका छन । रिपोर्टहरुमा उल्लेख भए अनुसार बर्तमान राष्ट्रपति पुटिनले नै आगामी ६ बर्षका लागि राष्ट्रपति पद हत्याउनेछन ।

रुसमा आइतवार भएको राष्ट्रपति पदको निर्वाचनमा बर्तमान राष्ट्रपति ६५ बर्षीय भ्लादिमिर पुटिन नै पुन बिजयी हुने संभावना रहेको रुसी संचारमाध्यमहरुले जनाएका छन । १० करोड ९० लाख मतदाता भएको रुसमा एघार टाइम जोनमा मतदानको प्रवन्ध मिलाइएको छ ।

गतबर्ष प्रदर्शनको माध्यमबाट रुसमा आफनो शक्ति देखाउने ऐलेक्सी नाँवलनीलाइ चुनाव लड्न रोक लगाइएपछि चुनाव प्रचार नै प्रभावकारी बन्न नसकेको बेला पुटिनको लागि जितको बाटो खुलेको हो । पुटिन यसपटक चुनाव जितेपछि चौथो पटक राष्ट्रपति बन्नेछन । सोभयत कालमा जोसेफ स्टालिन सत्तामा बसिरकेपछि सबैभन्दा लामो समयसम्म पुटिन नै सत्तामा रहिरहने नेता हुनेछन ।

सन २००० मा राष्ट्रपति निर्वाचित भएका पुटिन अव फेरी चुनिएपछि सन २०२४ सम्म्म सत्तामा रहिरहनेछन । पुटिनका मित्र एन्थोनियो सोवाचकका टत्तिस बर्षीया छोरी जो टेलिभिजन होष्ट पनि रहीसकेकी छिनले चुनावमा चर्चा खुबै पाएकी छिन । तर ओपिनीयन पोलमा राष्ट्रपति पुटिनलाइ ७० प्रतिशत मतदाताको समर्थन प्राप्त भएको जनाइएको छ ।

पुटिनले आधिकारीक रुपमा चुनाव सम्बन्धि कुनै प्रोग्राम प्रस्तुत नगरेता पनि उनले देशको नाउँमा सम्बोधन गर्दै गरिवी र पर्याबरण सम्बन्धि मुद्धालाई जोडदार रुपमा उठाएका थिए । यसका अतिरिक्त पुटिन आफ्ना बिरोधीसंग भएको कुनै पनि टेलिभिजन कार्यक्रमको बहसमा सहभागी भएनन ।

सन १९९० को दशकपछि राजनीतिक र आर्थिक अराजकता पश्चात रुसमा स्थिरता ल्याउनका लागि पुटिनन नै सफल भएको कारण उनी चुनाव जित्न सक्ने र जनताबीच लोकप्रिय रहेको रुसी संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

शक्तिराष्ट्र चीनमा राष्ट्रपति सीजिनपीङले पुन राष्ट्रपति बन्न सौभाग्य प्राप्त गरेपछि रुसमा पनि शक्तिशाली सासक भए देशलाइ अरुसंग टक्कर लिन योग्य बनाउन सक्ने शन्देश रुसका केही ठाउँमा प्रबाह भएपछि पुटिनको पक्षमा थप समर्थन जुटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);