आज घोडेजात्रा पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

आज घोडेजात्रा पर्व मनाइँदै

Ghodejatra Festival

काठमाडौं, ३ चैत । काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन घोडेजात्रा पर्व मनाउने गरिएको छ ।
परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

प्रत्येक वर्षको चैत शुक्ल प्रतिपदाबाट नयाँ वर्ष थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको किंवदन्ती पनि छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छ ।

कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने तय भएको छ । राष्ट्रपतिले घोडेजात्रामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);