मन्त्रिपरिषद्‌मा नयाँ अनुहारलाई प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मन्त्रिपरिषद्‌मा नयाँ अनुहारलाई प्राथमिकता

mantriparisad cabinate

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । विस्तारित मन्त्रिपरिषद्मा थपिएका १५ जनामध्ये ९ जनाले पहिलोपटक मन्त्री हुने अवसर पाएका हुन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, कानूनमन्त्री शेरबहादुर तामाङ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री वीना मगरले मन्त्रिपरिषद्मा पहिलोपटक अवसर पाएका छन् । यस्तै राज्यमन्त्री नियुक्त गोकुल बाँस्कोटा, पद्मा अर्याल, धनबहादुर बुढा र रामकुमारी चौधरी पनि नयाँ अनुहार हुन् ।

९ नयाँमन्त्रीमध्ये माओवादी केन्द्रकी रामकुमारी चौधरीवाहेक अरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीले नयाँ अनुहार रोज्दा भौगोलिक सन्तुलन भने विग्रिएको छ । गुल्मी, कास्की र धनुषा जिल्लाले दुई दुई मन्त्री पाएका छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारी र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा कास्की, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट गुल्मी तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव धनुषाका हुन् ।

२२ सदस्यीय मन्त्रिपरिषद्मा चार महिलाले स्थान पाएका छन् । चारमध्ये दुई जना एमाले र दुई जना माओवादी केन्द्रका हुन् । यसअघि सात सदस्यीय मन्त्रिपरिषद्मा एमालेकी थममाया थापा मात्र रहेकामा विस्तारित मन्त्रिपरिषद्मा माओवादीबाट वीना मगर र रामकुमारी चौधरी तथा एमालेबाट पद्मा अर्यालले स्थान पाएका छन् ।

माओवादीले मन्त्रिपरिषद्मा पठाएका वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत पटक पटक मन्त्रीको अवसर पाएकाहरु हुन् भने एमालेका प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र रघुविर महासेठसँग यसअघि एकपटक मन्त्रीको रुपमा काम गरेको अनुभव छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);