स्वच्छ वायुसँगै भित्रिन्छ प्रदूषण | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

स्वच्छ वायुसँगै भित्रिन्छ प्रदूषण

काठमाडौं, ३० फागुन । काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त बनाउन उपत्यकामा सञ्चालित इँटा उद्योग अन्यत्र स्थानान्तरण गर्नुपर्ने बहस भइरहेका बेला धादिङको नौबिसे र आसपासमा खुलेका नयाँ भट्टाले चुनौती थपेका छन्। उपत्यकामा स्वच्छ हावा भित्रिने मुख्य नाका (पश्चिमी भेग) बाट सोझै भट्टा र अन्य कलकारखानाको धुवाँ पनि भित्रन थालेपछि प्रदूषण दीर्घकालीन चुनौतीका रूपमा रहने सम्भावना थपिएको छ। काठमाडौंको कलंकीबाट २६ किमि नजिकको नौबिसे र आसपासको क्षेत्रमा करिब आधा दर्जन इँटाभट्टा सञ्चालनमा छन्।

धादिङभर करिब ३ दर्जन नयाँ⁄पुराना भट्टा सञ्चालनमा रहेका नेपाल इँटा उद्योग महासंघको तथ्यांक छ। काठमाडौंमा अधिकांश समय पश्चिमी भेगबाट वायु भित्रिने वातावरणविद् बताउँछन्। मनसुनको अन्त्यसँगै उपत्यका भित्रिने वायुले प्रदूषण, धुवाँ, धुलोको मात्रा पनि भित्रिर्याउने भएकाले उपत्यकामा प्रदूषण बढ्ने गरेको जानकारहरूको तर्क छ।

इँट्टा उद्योगमा सुधारिएको चिम्नी प्रयोगमा ल्याइए पनि उत्पादनमा परम्परागत विधि विस्थापित हुन नसक्दा प्रदूषण न्यूनीकरण हुन नसकेको वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेल बताउँछन्। उपत्यकामा प्रदूषण उत्सर्जन गराउने धेरै कारणमध्ये इँटा उद्योग पनि हुन्। इँटाभट्टाले करिब १० प्रतिशत, ६० प्रतिशत प्रदूषण सडक, पूर्वाधार निर्माण, सवारी र बाँकी अन्य कलकारखानाले बढाइरहेको वातावरण विभागको ठहर छ।

प्रदूषण बढाउने कारक तत्वका रूपमा मात्र इँटा उद्योगलाई हेर्न नहुने, भारतीय उद्योग र कलकारखानाले पनि नेपालमा प्रदूषण बढाएको पक्षलाई लुकाउन नहुने उहाँको तर्क छ। वातावरण संरक्षण ऐन २०५४ कार्यान्वयनमा आएसँगै इँट्टाभट्टामा इन्धनको रूपमा दाउराको प्रयोग हुन छोडेको र प्रदूषणको मात्रा पनि घट्न थालेको व्यवसायी बताउँछन्। तर मनसुन अन्त्यसँगै भित्रिने पश्चिमी वायुले प्रत्यक्ष⁄अप्रत्यक्ष काठमाडौंमा प्रदूषण बढाइरहेको विज्ञहरूको ठहर छ।

तराईमा बढ्दो प्रदूषण, तुवाँलो र शीतलहर भारतीय उद्योगका कारणले बढ्दो क्रममा रहेको बताइन्छ। सिरिया, अफगानिस्तान, पाकिस्तान, उत्तर पश्चिम भारत हुँदै पश्चिमी वायु (हिउँदे वायु) नेपाल भित्रिन्छ। त्यस्तो वायुमा ‘हेज’को मात्रा उच्च रहन्छ। कलकारखानाबाट निस्कने धुलो, धूवाँ र अन्य सुक्खा कणको मिश्रण नै ‘हेज’ हो।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);