म्यानचेस्टर च्याम्पियन्स लिगबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

म्यानचेस्टर च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी , ३० फागुन । घरेलु मैदानमा खराव प्रदर्शन सँगै म्यानचेस्टर युनाइटेड मंगलबार राति युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । ओल्ड ट्रायफोर्डमा म्यानचेस्टर सेभियाको हातबाट २–१ ले पराजित रह्यो ।

यससँगै स्पेनी क्लबले समग्रमा २–१ को अग्रता लिन पनि सफल रह्यो र अन्तिम ८ मा पुग्यो । सेभियाका लागि दुवै गोल विसम बेनले गरे । म्यानचेस्टरबाट रोमेलु लुकाकुले एक गोल फर्काए ।

अर्को खेलमा एएस रोमाले साख्तर डोनेस्कलाई १–० ले हरायो र क्वाटरफाइनल चरण पुग्न सफल रह्यो । इटालीको सिरी ए क्लब घर बाहिरको गोलको आधारमा अगाडि बढेको हो । दुवै टिम २–१ को बराबरीमा रहे ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);