माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध

mahara

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध भएका छन् । माओवादी केन्द्रका नेता महराले प्रतिनिधिसभाको सभामुख पदमा एकल उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पुगेका महराले सभामुखको उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवारीलाई एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन गरेका थिए । उम्मेदवारीको दर्तालगतै पत्रकारलाई प्रतिक्रिया दिँदै महराले संविधान कार्यान्वयन र नयाँ कानुन निर्माणका लागि प्रतिबद्ध भएर जिम्मेवारी पूरा गर्ने बताए।

संघीय संसद भवनमा भोली अपरान्ह १ बजे सभामुखको निर्वाचन हुने कार्यतालिका छ । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी नदिएपछि महरा निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । माओवादी केन्द्रका नेता महरा दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएक थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);