सुकीलाई प्रदान गरिएको मानव अधिकार सम्मान खोसियो | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

सुकीलाई प्रदान गरिएको मानव अधिकार सम्मान खोसियो

suki

एजेन्सी, २४ फागुन । अमेरिकाको होलोकाष्ट संग्रहालयले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल पुरष्कार बिजेता आङसाङ सुकीमाथि रोहिंगा मुसलमान बिरुद्ध जारी संघर्षलाई रोक्ने प्रयास नगरेको आरोप लगाउँदै उनलाई प्रदान गरिएको मानव अधिकार सम्मान फिर्ता लिएको छ ।

म्यान्मारमा रोहिंगा समुदायको मानिसहरुमाथि त्यहाँका सेनाले दमन गर्ने काम गरेकोमा बिरोध भइरहेको छ । पीडितहरु अन्य देशमा जोखिमपूर्ण अवस्थामा शरणार्थी बन्न बाध्य पारिएको छ ।

म्यान्मारमा रोहिंगा मुसलमानहरुमाथि सरकारी दमन जारी रहेकै बेला जातीय संघर्षलाई रोक्नका लागि चाहिने जति प्रयास नगरेको आरोप सहित एक अमेरिकी संस्थाले म्यान्मारकी नेतृ सुकिलाई प्रदान गरेको प्रतिष्ठित सम्मान फिर्ता लिएको हो । उनलाई अमेरिकाको होलोकाष्ट स्मारक संग्रहालयले ६ बर्ष अघि उक्त सम्मान प्रदान गरेको थियो ।

अहिले उक्त मानव अधिकार सम्मान फिर्ता लिएको छ । म्यान्मारका जनताको सम्मान स्वतन्त्रता र शैन्य तानाशाह बिरुद्ध लामो संघर्ष गरे बापत संग्रहालयले सम्मान गरेको थियो ।

संग्रहालयले सुकिलाई पठाएको पत्रमा रोहिंगा मामिलामा उनीसंग गरिएको आशालाग्दो काम नगरेको उल्लेख छ । सुकीको पार्टीले संयुक्त राष्ट्रसंघका जाँचकर्तालाई सहयोग नगरेको समेत आरोप छ ।

पश्चिमी म्यान्मारमा जारी साम्प्रदायिक हिंसाकाबीच लोकतन्त्र समर्थक नेतृ सुकीले मुस्लिम समुदायको तर्फबाट बोल्न इन्कार गरेपछि ती समुदाय क्रुद्ध बनेका छन् । उता आङसाङ सुकीले अशान्तिमा मुस्लिम र बौद्ध दुबै समुदायको पक्षमा आफू नबोल्ने बताउँदै आएकी छन् ।

गत बर्ष अगस्त महिनामा रोहिंगा बिद्रोही बिरुद्ध सेनाले गरेको कारबाहीपछि हिंसा र उत्पीडनका कारण ६ लाख भन्दा बढी रोहिंगा मुसलमानहरुले बंगलादेशमा शरण लिएका छन् भने संयुक्त राष्ट्रसंघ र अमेरिकाले यसलाई अमानबीय कार्यको संज्ञा दिएका छन् ।

पीडित रोहिंगाहरु अहीले पनि जोखिम उठाउँदै बिभिन्न देशमा कष्टपूर्वक जिवन विताइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);