इनासद्वारा गायिका जलजला परियारलाई १ लाख २० हजार सहयोग | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

इनासद्वारा गायिका जलजला परियारलाई १ लाख २० हजार सहयोग

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायल (इनास)ले गायिक जलजला परियारलाई १ लाख २० हजार रुपैयाँ सहयोग गरेको प्रदान गरेको छ । २ वटै मिर्गौला खराब भएर उपचाररत गायिका परियारलाई इनासले आज १ लाख २ हजार १ सय ५० रुपैयाँ सहयोग राशी प्रदान गरेको हो ।

नेपाली तारा सिजन–३ बाट नेपाली सांगितिक क्षेत्र उदाएकी गायिका जलजला परियार मिर्गौलाले काम गर्न छाडेर उपचार गराइरहेकी छिन् । हालै काठमाडौँको टिचिङ हस्पिटलबाट डिस्चार्ज गरी उनलाई मृगौला प्रत्यारोपणका लागि शुक्रबार भारतको एपोलो हस्पिटल लगिँदैछ ।

देशविदेशबाट प्राप्त सहयोगकै कारण आत्म विश्वास बढेको र आफ्नी छोरीलाई शुक्रबार उपचारका लागि भारत लैजान लागेको जलजलाका बुबा नारायणबहादुर दर्जीले बताए ।

इजरायलमा रहका नेपाली कलाकारहरु सम्मिलित इनासले आफूसँग सम्बद्व व्यक्ति र अन्य नेपालीहरुबाट सहयोग संकलन अभियान चलाएर उक्त रकम गायिका परियारलाई हस्तान्तरण गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);