चीनसँग कनेक्टिभिटी बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चीनसँग कनेक्टिभिटी बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव

pakisthan pm

काठमाडौं, २३ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ बिआरआई बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् ।

दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्य एसियामा बजार तथा अवसर खोल्ने बताए। ‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउने वाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया सार्कलाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);