संविधान संशोधनमा प्रतिबद्धता जनाई कार्यान्वयन गर्न महतोको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले संविधान संशोधनमा प्रतिबद्धता जनाई कार्यान्वयन गर्न सरकारसंग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता महतोले कार्यान्वय नहुने सम्झौता नभई मनले प्रतिबद्धता गरि संविधान संशोधन गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

विभिन्न कालखण्डमा पटक-पटक सम्झौता भएको तर कार्यान्वयन नभएको स्मरण गर्दै उनले कार्यान्वयन नहुने सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराए । विगतमा हुँदै आएका सम्झौता र धोकालाई क्रमभंग गरि यथार्थमा संविधान संशोधन गरि श्रृजनात्मक काम गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

संविधान बनाउने समयमा राज्यले आफुहरुको आवाज नसुनेको, सडकमा लड्दै गर्दा बन्दुक देखाएर संविधान जारी गरि राजधानीमा दिपावली मनाईएको भन्दै राजपाका सांसद महतो निकै भावुक भएका थिए ।

उनले विगत सम्झँदै सम्झौताको नाममा धोका नदिन पटक-पटक सरकारकाे ध्यानाकर्षण गराए । उनले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रमेश चौधरीलाई बैठकमा सहभागी हुनका लागि आवश्यक वातावरण मिलाउन पनि आग्रह गरे । महतोले वामगठबन्धनको सरकारलाई आफ्नो पार्टीको सहयोग र समर्थन रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);