प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी शनिबार हुने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी शनिबार हुने

काठमाडौं, २२ फागुन । मंगलबार नयाँवानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकले आगामी शनिबार सभामुखको निर्वाचन गर्ने मिति तोकेको छ ।

बैठकमा सभामुखको भुमिका निर्वाह गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा कार्यसञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि अनुसार सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना आजै प्रकाशित गर्न महासचिवलाई निर्देशन दिएका छन् ।

बैठकले १३ सदस्यीय प्रतिनिधिसभा नियमावलिय मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जुली कुमारी महतो, दिलेन्द्र प्रसाद बढु, देव प्रसाद गुरुङ, प्रेम सुवाल, वृजेश कुमार गुप्ता, मिनबहादुर विश्वकर्मा, मिनेन्द्र प्रसाद रिजाल, रविन्द्र प्रसाद अधिकारी, रेखा शर्मा, लक्ष्मण लाल कर्ण, विन्दा पाण्डे, विमल प्रसाद श्रीवास्तव छन् । समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाको समय दिईएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २६ गते शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।